समृद्धि फाइनान्सको औरही शाखाद्वारा वृक्षारोपण

काठमाडौं । समृद्धि फाइनान्सको औरही शाखाले वृक्षारोपण गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कुल औरही परिसरमा विभिन्न जातका फल र फूल वृक्षारोपण गरेका छ । साउन महिनाको पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम अन्य शाखा कार्यालयले पनि आयोजना गर्ने कार्यक्रम तय भएको कम्पनीले बताएको छ ।

कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसका साथै कम्पनीले मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू पनि निः शुल्क प्रदान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *