भुटानविरुद्ध भारतको कठिन जित
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले भुटानविरुद्ध १–० को कठिन जित निकालेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न तनावपूर्ण खेलमा भारतलाई जित दिलाउन मोनरुल मोल्लले गोल गरे । मोल्लले खेलको ३७औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रतामा राखेका थिए ।
तनावपूर्ण खेलमा भारतका दुई र भुटानका एक खेलाडीले रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए । ६५औँ मिनेटमा भारतले पाएको फ्रिकिका क्रममा धक्कामुक्की सुरु भएपछि रेफ्रीले भारतका प्रम्भिर भानलालपेका गुई र केल्भिनसिंह टाओमिरलाई रातो कार्ड दिएका थिए । यस्तै, भुटानका किन्ले ग्याल्सेनले रातो कार्डको दर्शक गरे ।