प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा

काठमाण्डौं । काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन्। उनले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेको बताए। देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने उनले बताए। एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको उनले बताए। यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे।

‘अहिलेको बेला चुनौतीपूर्ण ढंगको अवस्था पनि छ। चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरू अझ बढी जागरुक हुनु हुनेछ। कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ। प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान्। एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान्। तर एउटा कुरामा यो बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण पूराका पूरा समर्थन छ हाम्रो। खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले त्यस्तो कुरा छैन,’ उनले भने, ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिष्पर्धी हौं। कति कुरा समस्या हुन सक्छन्। समस्याको समाधान गर्नु नै हाम्रो कर्तव्य हो। यसमा चिन्ता लिनु पर्दैन। मलाई विश्वास छ, केपी ओलीजी र मैले मिलेर, अरु साथीहरुले मिलेर पनि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *