एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आउँदो भदौ २८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ । बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा समसामयिक विषय र पार्टीको वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ । भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *