अमेरिकामा हत्या गरिएकी मुनाको अन्त्येष्टि
काठमाडौं । अमेरिकाको ह्युस्टनस्थित अपार्टमेन्टमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ परम्परागत हिन्दु परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुनाको शव दुई साताअघि अगस्ट २६ मा उनकै अपार्टमेन्टमा फेला परेको थियो ।
उनलाई चार गोली हानिएको थियो । त्यसमध्ये शरीरको अघिल्लो भागमा तीन र टाउकोको पछाडि एउटा गोली लागेको थियो । मुनाकी आमा आफ्नो एक मात्र सन्तानलाई अन्तिम बिदाइ गर्न नेपालबाट गएको साता ह्युस्टन पुगेकी थिइन् । पाण्डेको शव फेला परेको दुई दिनपछि उनलाई गोली हान्ने ५१ वर्षीय बबी सिंह शाह भएको पहिचान गरिएको थियो । शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाइएको छ ।