रविमाथि सरकारले राजनीतिक पूर्वाग्रह राख्यो- उपमहासचिव वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् ।

सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति उनले आपत्ति जनाए । ‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘प्रक्रिया नपुर्‍याई मध्यरातमा उठाएर हिँडाउने कुरा नागरिक अधिकार विपरीतको कुरा हो ।’ राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । ‘हामीले न्यायिक प्रक्रिया रोक्न खोजका होइनौँ, यो प्रक्रिया गलत छ,’ उनले भने ।

पुनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्पन्न निकाय गठन हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *