रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकहरूलाई अन्नपुर्ण केबलकारमा ३० प्रतिशत विशेष छुट

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता,कर्मचारी र पोलिसी होल्डर्सलाई पोखरामा रहेको अन्नपुर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपुर्ण केबलकार बीचभएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनि र अन्नपुर्ण केबलकारको तर्फबाट संञ्चालक चन्द्रबहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने ७० लाखभन्दा बडी बीमितहरु रहेका छन् अन्नपुर्ण केबलकारसँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बिमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवातगर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *