वामदेव गौतम एकीकृत समाजवादीको मूख्यालय आलोकनगरमा
काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतम पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मूख्यालय आलोकनगर पुगेका छन् । उनि सोमबार पनि आलोकनगर पुगेका थिए ।
आलोकनगरमा गौतम एक्लै पुगेका छन् भने समाजवादीको तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटा र निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल पार्टी मूख्यालयममा आएका छन् ।

















