सुश्रुत चेसमा च्याम्पियन

काठमाडौ । प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडी सिएम सुश्रुत दाहाल सात अङ्क बनाएर च्याम्पियन बन्नुभएको छ।

झापाका २०२१ रेटेड सुश्रुतले शुक्रबार आठ चरणपछि खोटाङका १८८७ रेटेड धीरेन राई र १९३२ रेटेड प्रकाशचन्द्र नेपाल, १९२२ रेटेड रिसोन थापा र १९८२ रेटेड राजन सुवेदीलाई ०.५ अङ्कले पछाडि पार्नुभयो। धीरेन बुकोल्ज्स् ४२.५ प्वाइन्टका आधारमा दोस्रो स्थानमा रहनुभयो । प्रकाशचन्द्र बुकोल्ज्स् ३८ प्वाइन्ट बोकेर तेस्रो स्थानमा रहनुभयो।

झापा जिल्ला बुद्धिचाल सङ्घको आयोजनामा भएको प्रतियोगितामा ६.५ अङ्क ने बनाएका रिसोन ३७.५ प्रोग्रेसिभ प्वाइन्टसहित चौथो तथा राजन सुवेदी पाँचौँ हुनुभयो। महिला वर्गमा शान्ति धिमाल पहिलो, सुशीला गुरुङ दोस्रो र कृतिसारा अधिकारी तेस्रो बन्न सफल हुनुभयो । उत्कृष्ट सिनियर खेलाडीतर्फ वसन्त लामा पहिलो र मढीराज डाँगी दोस्रो स्थानमा रहनुभयो । अनरेटेडतर्फ कुशल भण्डारी पहिलो र इकेश नेपाल दोस्रो हुनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *