‘तीनकुनेको घटनाले लोकतान्त्रिक गणतन्त्र सुरक्षित नभएको देखियो’
काठमाडौं । राष्ट्रिय जनर्मोचाका अध्यक्ष चित्रबहादुर केसीले तीनकुनेमा भएको राजावादीको प्रदर्शनको घटना हेर्दा नेपालमा लोकतान्त्रिक गणतन्त्र सुरक्षित नदेखिएको बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
केसीले भने, ‘लोकतन्त्र र गणतन्त्र सिध्याउने आन्दोलन भनेको सत्रुतापूर्ण आन्दोलन हो । त्यसमा सरकार सजक हुनुपर्ने थियो, हुन सकेन । प्रणाली नै सिध्याउने आन्दोलनसँग सरकार चनाखो हुनुपर्छ । म आफैँ पनि आन्दोलनमा छु । प्रदेश हुनु हुँदैन भनेर संविधान बनाउनेदेखि नै भनिरहेको छु । यति नजिकको ठाउँ, गृह मन्त्रालय र सिंहदरबारबाट नजिकैको ठाउँ हो । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्र सुरक्षित छैन । जनता किन चिढिए ?’ उनले प्रश्न गदै भने ।















