सामसङको आकर्षक डिजाइनका साथ नयाँ ग्यालेक्सी एम १६ ५जी नेपाली बजारमा
काठमाण्डौं । सामसङले नेपाली बजारमा आकर्षक डिजाइन र मोन्स्टर पर्फमेन्स सहित नयाँ ग्यालेक्सी एम १६ ५जी ल्याएको छ। ग्यालेक्सी एम १६ ५जी मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको कम्पनीको भनाइ छ। नयाँ डिजाइनसहितको ग्यालेक्सी एम १६ ५जी स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो र यसमा सेग्मेन्ट अग्रणी एफएचडींसुपर एमोलेड डिस्प्ले, ६ वर्षको ओएस अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले बताए।
ग्यालेक्सी एम १६ ५जी मा ६.७ इन्चको एफएचडीं सुपर एमोलेड डिस्प्ले दिइएको छ जसले भाइब्रेन्ट कलर र क्ल्यारिटी दिन्छ। नयाँ लाइनर ग्रुप क्यामरा मोड्युल, सन्तुलित र बोल्ड रंग संयोजन र ७।९ एमएम स्लिम डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ। यो स्मार्ट फोन ब्लस पिंक (गुलाबी), मिन्ट ग्रिन (हरियो) र कालो रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार यसमा भएको ५०एमपीको मुख्य क्यामरा, ५ एमपीको अल्ट्रा(वाइड, २ एमपीको म्याक्रो क्यामरा र १३ एमपीको फ्रन्ट क्यामराले उपभोक्ताको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्याउनेछ। ५००० मिलिएम्पायर आवरको ब्याट्री र २५ वाटको फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज वाचिंग गर्न मिल्छ। ग्यालेक्सी एम १६ ५जी नेपालभरका सामसङको आधिकारिक स्टोरहरूमा (६जिबी,१२८जिबी)को मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ।














