फिल्म ‘महाभोज’को दोस्रो गीत ‘लालुमै’ सार्वजनिक
काठमाडौँ । जेठ १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘महाभोज’को दोस्रो गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ ।
गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर रहेको छ भने हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, पुष्कर खत्रीको एरेञ्ज तथा केतन क्षेत्रीको रेकर्ड प्रोडक्सन छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महतसहित स्वयं गायक निश्चल बस्नेत नृत्य गर्दै देखिएका छन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए । त्यस्तै, निश्चलले निर्देशक राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए ।
‘महाभोज’को दोस्रो गीत ‘लालुमै’
















