प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार मध्याह्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक जारी छ ।

बैठकले दिउँसो बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतका कार्यसूची तय भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *