उपसभापति, महामन्त्रीद्वयसँग छलफलमा सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन् ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी छन् । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार बनाएका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे पनि छलफल भइरहेको बताइन्छ ।
समितिले नै नैतिक जिम्मेवार बनाएपछि राजीनामा दिन खतिवडामाथि दबाब छ ।














