रविलाई कुनै विभेद गरिएको छैन: रुपन्देही कारागार
काठमाडौं। रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको प्रस्टाएको छ । बिहीबार साँझ कारागार प्रशासनले विज्ञप्ति जारी गर्दै रविप्रति कुनै विभेद नगरिएको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘‘अन्य सामान्य कैदीहरूले पाउने सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। साथै प्रशासनले रविले चाहेको खाण्डमा बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको जनाएको छ।
हेर्नुहोस् रुपन्देही कारागारले निकालेको विज्ञप्ति


















