अखिलको अध्यक्षबाट कडरियाले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् । सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको उनले बताएका छन् । उनले ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको पनि बताएका छन् । ‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन,’ कडरियाले लेखेका छन् ।

उनले आफूहरूको पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गरेको पनि बताएका छन् । ‘समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु,’ उनले लेखेका छन्, ‘यतिबेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दबाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *