भाटभटेनीका स्टोरमा तोडफोड र आगजनी

काठमाडौं । प्रदर्शनकारीले भाटभटेनीका स्टोरहरुमा तोडफोड गरेका छन् । उनीहरुले नक्सालस्थित भाटभटेनी स्टोरमा तोडिफोड र आगजनी गरेका छन् । त्यसैगरी विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको छ ।

मंगलबार (भदौ २४) प्रदर्शनकारीहरूको समूहले पसलमा प्रवेश गरी सिसा फुटाएका छन् भने भित्र रहेका सामानहरू समेत छरपस्ट बनाएका छन् । केही सामान लुटिएको आशंका गरिएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ र अवस्था नियन्त्रणमा लिन प्रयास जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *