कुलमान संलग्न दल दर्ताको अन्तिम तयारी, प्रस्तावित नाम ‘नेपाल जनसेवा पार्टी’

काठमाडौं । अन्तरिम सरकारका उर्जामन्त्री रहेका कुलमान घिसिङ पार्टी निर्माणको लागि अन्तिम चरणमा पुगेका छन् । जेनजीहरूलाई समेत समेटेर पार्टी दर्ता गर्ने उनको योजनाअनुरुप पार्टी निर्माणको तयारी अन्तिम अवस्थामा पुगेको हो । स्रोतका अनुसार अहिलेसम्मको तयारीमा पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ राख्नेबारे मोटामोटी सहमति भइसकेको छ भने चुनाव चिन्ह बिजुलीको बल्ब (चिम) हुनेछ । नयाँ बन्ने जनसेवा पार्टीमा कुलमान घिसिङ, सुदन गुरुङ समूह, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालय र संयूक्त पहिचानवादी मोर्चा जोडिने सम्भावना छ । पहिचानवादी मोर्चामा आठ घटकका पहिचानवादी समूह छन् । पूर्वरास्वपा नेता सूमना श्रेष्ठ सुमना श्रेष्ठ भने जोडिने कि नजोडिने भन्ने निश्चित भइसकेको छैन । आइतबार साँझबाट बस्ने निर्णायक बैठकबाट उनको टुंगो लाग्नेछ ।

‘सुमनाजी आउने कुराको सम्भावना धेरै छ । तर, पनि केही कुरामा मतभिन्नता हुँदा उहाँ के गर्नुहुन्छ थाहा छैन । आज (आइतबार) रातीको निर्णायक वार्तापछि यी सबै कुरा फाइनल हुन्छन्,’ स्रोतले भन्यो । यसअघि कुलमानले उज्यालो नेपाल पार्टी राख्नको लागि प्रयास गरिरहेका थिए । त्यसले पनि सहमतिको लागि केही ढिला भएको हो । एक नेताले भने, ‘त्यही पार्टीको नाम र चिन्हमा विवाद थियो । उज्यालो नेपाल नाम जेनजी, बालेन र सुमनाजीले अस्वीकार गर्नुभएको थियो । मलाई लाग्छ, अब यो विषयमा सहमति भएपछि सुमनाजी आउनुहुन्छ । आज नै टुंगो लाग्छ । नेपाल जनसेवा पार्टी सोमबार दर्ताको लागि निर्वाचन आयोग जाने तयारी भइरहेको पनि स्रोतले जनायो । ‘अब जे भएपनि सोमबार दर्ता गर्ने हाम्रो तयारी छ,’ पार्टी निर्माण प्रक्रियामा लागेका एक नेताले भने । तत्काल कुलमान घिसिङ नै नेतृत्वमा रहने कुरामा विवाद भएको खण्ड अन्य कोही संयोजक तोकेर अघि बढ्ने ती नेताको दाबी छ । ‘हामी छलफलको लागि गइरहेका छौँ । दिउँसोसम्मको कुरामा कुलमान जीले नै नेतृत्व लिने भन्ने थियो । यदि विवाद भयो भने तत्काललाई कोही संयोजक तोकेर जान्छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *