मध्यपुर अस्पताल ३ सय शय्याको बन्दै, आईपीओ ल्याउने तयारी

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ मा रहेको मध्यपुर अस्पतालले क्षमता विस्तार गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अस्पतालले नयाँ भवन बनाइ क्षमता र कारोबारको क्षमता बढाउने भएको हो । हाल दिँदै आएको ओपीडी र आइपीडी सेवालाई स्तरोन्नति गर्दै शय्याको क्षमता बढाउने अस्पतालले जनाएको छ । हाल अस्पतालले सय शय्याबाट सेवा दिँदै आएको छ । अस्पतालले उक्त क्षमता बढाएर ३ सय शय्याबाट सेवा दिने तयारी गरेको हो । अस्पतालले लगानीको अनुपात ६८ः३२ राखेको छ । जसमा हालसम्म ५० करोड ७० लाख रुपैयाँ इक्विटीको व्यवस्थापन भइसकेको छ । अस्पतालले प्राथमिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ ।

मध्यपुर अस्पतालले एकै वर्ष ५२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । अस्पतालको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९ प्रतिशतले बढेको हो । अस्पतालले सन् २०२४ मा ४८ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ४१ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१० मा स्थापना भएको अस्पतालले विगत १६ वर्षदेखि हेल्थकेयर व्यवसाय गर्दै आएको छ। हाल अस्पतालको चुक्ता पुँजी ८९ करोड ३० लाख रुपैयाँ रहेको रेटिङमा उल्लेख छ । अस्पतालको कुल नगद सञ्चय ५ करोड ६० लाख रुपैयाँ रहेको छ । सन् २०२४ मा ४ करोड ७० लाख रुपैयाँ थियो । हाल अस्पतालको अध्यक्ष रविना प्रधानाङ्ग हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *