श्री बाराही साकोसमा “साँस्कृतिक बाँसुरी बाजा बोल” नामक पुस्तक विमोचन

भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाद्वारा प्रकाशित लेखक रभिम कपालीको नयाँ पुस्तक सांस्कृतिक बाँसुरी बाजा बोल नामक पुस्तक विमोचन गरिएको छ । नेपाली मौलिक वाद्यवादनको क्षेत्रमा अनुसन्धानमूलक कृतिको रुपमा सो पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकको विमोचन प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवाल र लेखक रभिम कपालीबाट संयुक्त रुपमा गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि राधेश्याम सुवालले पुस्तकको विमोचन गर्दै नेपाली लोक र शास्त्रीय संगितमा बाँसुरीको विशिष्ट स्थान रहेको बताउँदै भने, हाम्रा मौलिक पहिचान बोकेका बाजाहरु लोप हुँदै गएको अवस्थामा यो पुस्तकले नयाँ पुस्तालाई बाँसुरी सिक्न र यसको इतिहास बुझ्न ठूलो मदत पु¥याउनेछ ।सुवालले नेपाली मौलिक बाजा बासुरीको संरक्षण र नयाँ पुस्तालाई यसबारे जानकारी दिन यो पुस्तक कोसेढुङ्गा सावित हुने उल्लेख गरे ।

लेखक कपालीले आफुले लामो समयको अनुसन्धान र दशक लामो सांगीतिक अनुभवलाई लिपिवद्ध गर्दै बाँसुरी सिक्न चाहने जोकोहीका लागि सरल मार्गदर्शक बनोस् भन्ने उद्देश्यले यो पुस्तक तयार पारेको उल्लेख गरे । पुस्तकमा बाँसुरी प्रयोग, प्रकार, बजाउने बैज्ञानिक पद्धति र विभिन्न नेवारी गीतहरुको बोलको बारेमा प्रस्तुत गरिएको छ । कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले स्वागत मन्तव्य राख्दै संस्थाले केवल बचत तथा ऋणको मात्र कारोवार गर्ने मात्र नभई सामुदायिक संस्था भएकाले समुदायको विकास र समुदायको आर्थिक उत्थानका साथसाथै माटोको सुगन्ध बोकेको बाजा बाँसुरी भएका कारण नेपाली कला, संस्कृतिको संरक्षणमा समेत सघाउने उल्लेख गरे । कार्यक्रममा बाँसुरीबादकहरुले सुमधुर धुन प्रस्तुत गरी कार्यक्रमलाई सांगीतिक माहोलमा गुञ्जायमान बनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *