कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका हुन् । स्मरण पत्र बुझाउँदै महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलनको नेतृत्वकर्ता देवराज चालिसेले नियमित महाधिवेशन नहुने अवस्थामा विशेषको विकल्प नभएको जनाउँदै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्मरण पत्र बुझाएको जानकारी दिए । उनीहरूले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए । स्मरण पत्र बुझ्दै महामन्त्री थापाले नियमित महाधिवेशन नहुने अवस्थामा विधान अनुसार विशेष महाधिवेशन बाध्यकारी भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *