सन नेपाल लाइफको ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ सँगै आकस्मिक स्वास्थ्य सुरक्षामा ‘सन मेडिकेयर’

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालबालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्ने ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ सञ्चालन गर्दै आएको छ । यो योजना बालबालिकाको शिक्षा र जीवन लक्ष्य प्राप्ती का लागि योजनाबद्ध बचत मात्र नभई, अभिभावकको अनुपस्थितिमा पनि आर्थिक निरन्तरता कायम रही रहने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत बीमित बालबालिका र प्रस्तावक (आमा वा बाबु) दुवैको जोखिम वहन गरिने कम्पनीले जनाएको छ । प्रस्तावकको मृत्यु भएमा पनि बीमालेख निरन्तर कायम रहने, बाँकी बीमाशुल्क कम्पनीले बेहोर्ने तथा बालबालिकालाई मासिक आय सुविधा प्रदान हुने व्यवस्था रहेको छ, जसले बाल बालिकाको भविष्यको शैक्षिक गतिविधिलाई आर्थिक रुपले अवरोध नआउने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

बाल भविष्यको दीर्घकालीन सुरक्षासँगै, आकस्मिक स्वास्थ्य समस्याले पार्ने आर्थिक प्रभावलाई कम गर्न सन मेडिकेयर लाई अतिरिक्त सुरक्षाका रूपमा जोड्न सकिन्छ । अभिभावक वा बाल(बालिका आकस्मिक उपचारमा अस्पताल भर्ना हुँदा मेडिकल बिलहरुको झन्झटभन्दा बाहिर रही, अस्पताल बसाइको अवधिका आधारमा रू एक लाख सम्मको दाबी भुक्तानी प्रदान गर्ने यो सुविधा नेपालमै पहिलोपटक सुरु गरिएको कम्पनीको दाबी छ । सन मेडिकेयरले दुर्घटना, हृदयघात, गम्भीर स्वास्थ्य समस्या लगायत आकस्मिक अवस्थाहरूमा छिटो आर्थिक राहत प्रदान गर्ने भएकाले, बाल भविष्यका लागि गरिएको दीर्घकालीन योजनालाई छोटो अवधिको स्वास्थ्य जोखिमले प्रभावित हुन नदिने कम्पनीको विश्वास छ । जीवन अनिश्चित भए पनि सही समयमा गरिएको योजना र सुरक्षाले बालबालिकाको भविष्यलाई सुरक्षित बनाउन सकिन्छ । ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ सँगै ‘सन मेडिकेयर’ अभिभावकहरूका लागि दीर्घकालीन सोच र तत्काल स्वास्थ्य सुरक्षाको संयोजन बनेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *