जसपा नेपालको प्रदेशस्तरीय विरोधसभा आजदेखि सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोधसभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायत २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोधसभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार प्रदेशस्तरीय विरोधसभाका कार्यक्रमअन्तर्गत आज विराटनगरमा पार्टीले विरोधसभा गर्न लागेको छ ।पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोधसभाको आयोजना गर्न लागिएको हो । विरोधसभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *