९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । तर, ४ः३० बजेसम्म ९ वटा दलले मात्रै बन्द सूची बुझाएको आयोगले जनाएको छ । केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुजाउन बाँकी राखेका छन् ।
यी हुन् अहिलेसम्म आयोगमा बन्दसूची बुझाउने दल
नेपाल मजदूर किसान पार्टी – ११० उम्मेदवार
नेपाल लोकतान्त्रिक पार्टी – १२ जना
राष्ट्रिय जनमोर्चा -११० जना
यी तीन दलले भने आइतबार नै सूची बुझाएका हुन् ।
आज बन्दसूची बुजाउने दल
जनप्रिय लोकतान्त्रिक पार्टी- १२
नेपाल कम्युनिस्ट पार्टी माक्सवादी पुष्पलाल- २०
गतिशील लोकतान्त्रिक पार्टी -११
जनता समाजवादी पार्टी, नेपाल- १०१
समावेशी समाजवादी पार्टी -३१
समावेशी समाजवादी पार्टी, नेपाल -१२
















