निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी छैन : मुख्यमन्त्री कार्की

विराटनगर । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार ०८२ उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजारसहित प्रमाणपत्र प्रदान गरियो । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पुरस्कार प्रदान गर्दै अहिलेको परिस्थितिमा जिम्मेवार पत्रकारिताको महत्त्व थप बढेको बताए । चौतारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि नेकपा एमाले ठिङ्ग उभिन सफल भएको बताउँदै केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको टिप्पणी गरे । वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको कार्कीले दाबी गरे । उनले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको जनाए । निर्वाचनले पनि समाधान गर्छ भन्ने नभएको भन्दै मुख्यमन्त्री कार्कीले संसद पुनर्स्थापना गरेर अहिले उठेका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताए

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *