कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । बैठकमा पार्टीको आशन्न महाधिवेशन, विशेष कि नियमित महाधिवेशनलगायत समसामयिक विषयमा छलफल हुनेछ । कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर तीव्र विवाद छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *