रास्वपा समानुपातिक सूचीमा रहेकी गुरुङले लिइन् नाम फिर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टीमा रहेर रास्वपाको समानुपातिक तर्फ बन्दसूचीमा रहेकी डा. त्रिशला गुरुङले सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जालमाथि भनेकी छन्– गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उमेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु । यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तररुपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *