सीएमसी काभ्रेको चौथो साधारण सभा सम्पन्न
काभ्रे । सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलो कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष एवम् ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको अध्यक्षतामा आयोजित सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यता थियो । साधारण सभाको अवसमा `सहकारी अभियानको वर्तमान अवस्था र भावी कार्यदिशा´ विषयमा सहभागीहरुबीच फलदायी अन्तरकृया समेतगरिएको थिय । कार्यक्रममा सहकारीविद् कुबेर निरौलाको कार्यपत्र प्रस्तुती र सहजीकरण रहेको थियो ।
साधारण सभामा क्लबका अध्यक्ष दाहालबाट प्रगति प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष मनोज रायमाझीबाट आर्थिक प्रतिवेदन, उपाध्यक्ष ठाकुरनाथ अधिकारीबाट स्वागत मन्तव्य राखेका थिए। सभामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने लगायतको आतिथ्यता थियो । कार्यक्रममा बचत संघका नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना प्रदानगरिएको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव सुवास वैद्यले गरेका थिए । २०७८ सालमा विधिवत दर्ता भएको क्लबले आफ्नो उद्देश्यअनुरुप सहकारीहरुमा कार्यरत कर्मचारीहरुको वृतिविकास र मानव मानवसंशाधन विकासमा तालिम, शिक्षा समसामयिक विषयमा अन्तरक्रिया लगायत विविध कार्यक्रमहरु गर्दै आएको छ ।
















