आईएमई ग्रुप संस्थापक हेमराज ढकाल विकास नायकबाट सम्मानित

काठमाडौं । विकास नायक–२०८२ बाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाल सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा ढकाललाई सम्मान गरेको हो । नवीन प्रविधि विकास तथा कृतिम बौद्धिकता (एआई) विकास गरी सर्वसाधारणको जीवनशैलीमा रूपान्तरण गरेबापत उनलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले ढकाललाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे । नेपालमा उत्पादन भएका सफ्टवेयरहरू अमेरिका, क्यानडा, कोरिया, अष्ट्रेलिया, मलेसिया र भारतसम्म निर्यात गर्दै नेपाललाई विश्व डिजिटल बजारमा उभ्याउने अग्रणी नाम हो हेमराज ढकाल ।

आइएमई ग्रुपका संस्थापक हेमराजले नेतृत्व गरिहेका आईटी कम्पनीहरुले उत्पादन गरेका सफ्टवेयरहरु विदेशमा निर्यातसँगै स्वदेशी बैंक तथा बीमा कम्पनी, अस्पताल, शैक्षिक संस्था तथा ठूला कर्पोरेट हाउसको सेवा प्रवाहमा उल्लेखनीय प्रभाव पारेका छन् । ९० को दशकको कागजी प्रक्रियाको झन्झड तोडेर मिनेटमै विदेशबाट नेपालका विकट ठाउँमा पनि पैसा पठाउन सक्ने आइएमई सेवाको सुभारम्भ गरेका हेमराज ढकालले नेपालमा सूचना प्रविधि क्षेत्र विकासको जग बसाले । अहिले सात वटा आईटी कम्पनीहरुको नेतृत्व गरेर उनले देश तथा विदेशका कम्पनीहरुलाई पनि सेवा प्रवाह गरिरहेका छन् । अब हेमराज ढकालको ध्यान नेपालमै डेटा सेन्टरको स्थापनातर्फ छ । उनले नेपालमा डेटा सेन्टरको सम्भावना अत्याधिक देखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *