अन्धकारमुक्ति सहकारीद्वारा तीन विद्यालयका जेहेन्दार विद्यार्थीलाई स्कुल व्याग वितरण
अन्धकारमुक्ति वचत तथा ऋण सहकारी सस्थाले २७ औँ सस्था स्थापनाको अवसरमा स्कुल व्याग वितरण गरेको छ । संस्थाले जनशान्ती माध्यमिक विद्यालय , भानुभक्त माध्यमिक विद्यालय र गोरखनाथ माध्यामिक विद्यालय गरी ३ वटा विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीलाई स्कुल झोला वितरण गरेको हो । कार्यक्रममा रामपुर नगरपालिका वडा न ९ वडा अध्यक्ष डिल वहादुर रानाले सहकारीको यो सुन्दर पक्ष रहेको वताउदैँ साना साना सहयोगले भविस्यका ठुला सपना वोकेका विद्यार्थीहरुको पढाईमा अझ दृढ भएर लाग्न थप हौसला र उर्जा मिल्ने वताए ।
कार्यक्रममा सस्थाका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले सामुदायिक विकास कोषवाट जेहन्दार तथा विपन्न विद्यार्थीहरुको विद्यालय अध्यापनमा शैक्षिक मनोवल उच्च वनाउने र उनीहरुलाई विद्यालयप्रति आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले सस्था नाफामूखी मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्दे विभिन्न कार्यक्रमहरु सञ्चालन गरीरहेको र गर्दे जाने प्रतिवद्धता जनाए । विद्याथीहरुमा वित्तीय सचेतना अभिवृद्धि गर्दे वचतको विकास संगै आर्थिक रुपमा आत्मनिर्भर आजको आवश्यकता रहेको उनको भनाई छ । कार्यक्रममा शिक्षक अभिभावक संघ निस्दी ६ का अध्यक्ष यम वहादुर गैरे, जनशान्ती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण हितान, जनशान्ती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ढक वहादुर सिंजाली, भानुभक्त माध्यामिक विद्यालयका प्रध्यानाध्यापक आनन्द वहादुर सारु तथा गोरखनाथ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद अर्याल ले सहकारी सस्थाले शिक्षा क्षेत्रमा देखाएको सक्रियता र कदमको उच्च प्रशंसा गरे ।
















