स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत ब्याजमा किस्ता सुविधा

काठमाडौं । के.एल. दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा.लि.ले जगदम्बा हायर पर्चेज लि.सँग सहकार्य गर्दै आफ्ना अन्तर्राष्ट्रिय ब्रान्ड स्काईवर्थ र लिभप्योरका घरेलु उपकरणमा ० प्रतिशत ब्याजदरमा किस्ता सुविधा सुरु गरेको छ। यो योजनाले नेपाली घरेलु उपकरण बजारमा ग्राहक–मैत्री वित्तीय समाधान थप्ने विश्वास कम्पनीले लिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले स्काईवर्थ र लिभप्योरका विभिन्न टेलिभिजन, वाटर प्युरिफायर तथा अन्य स्मार्ट अप्लायन्सेसहरू १२ महिनासम्म बिना ब्याज किस्तामा खरिद गर्न सक्नेछन्। एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय उपकरण सबै वर्गका उपभोक्ताको पहुँचमा पुर्‍याउने उद्देश्य यस योजनाको रहेको छ।

सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेस प्रा।लि।को तर्फबाट उपमहाप्रबन्धक अमित बज्राचार्य, वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठी तथा सहायक वित्त प्रबन्धक अमित ठाकुर र जगदम्बा हायर पर्चेज लि।को तर्फबाट व्यापार इकाई प्रमुख पल्लव श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहकार्यबारे बोल्दै स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले जगदम्बा हायर पर्चेजसँगको साझेदारी ग्राहकलाई थप सहज र किफायती सुविधा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताए । हरेक नेपाली परिवारले गुणस्तरीय र आधुनिक घरेलु उपकरण प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो विश्वास हो। ०.५ किस्ताको सुविधाले त्यो सपना व्यवहारमा उतार्न सहयोग पुर्‍याउनेछ । यस योजनाले ग्राहकको खरिद क्षमतामा सहजता ल्याउने मात्र नभई, नेपालमा स्मार्ट र उन्नत घरेलु उपकरणको प्रयोगलाई पनि प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। स्मार्ट अप्लायन्सेसले आगामी दिनमा पनि नवीन योजना र ग्राहक–केन्द्रित सेवामार्फत बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै लैजाने जनाएको छ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *