राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
काठमाडौंं । नेकपा (एमाले(को सचिवालय बैठक आज बस्दै छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए । बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला, सचिव ढकालले भने । माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् ।
















