देउवालाई ‘संदिग्ध तानाशाही भन्दै गोपालमानले छाडे साथ
काठमाडौं । कांग्रेस नेता गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवा ‘संदिग्ध तानाशाही भएको आरोप लगाउँदै साथ छाडेको घोषणा गरेका छन् । उनले युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मालाई साथ दिने प्रतिबद्धता पनि जनाएका छन् । सभापतिज्यूको चरित्र संदिग्ध भयो । अझै पनि चेत पसेन ।
तानाशाही प्रवृत्ति दोहोर्याएको दोहोर्याइ गर्नुभयो, श्रेष्ठले कुराकानीमा भने, १४ औँ महाधिवेशनमा मैले जे गरेँ, त्यो गलत गरेको रहेँछु । उनले देउवाबाट आफूले पटक पटक धोका पाएको बताउँदै अब गगन थापा र विश्वप्रकाश शर्मालाई अघि बढाउने बताएका छन् । बेइमान पनि कहाँ कति भयो भन्ने कुरै छाडिदिउँ, उनले भने, यो अन्याय र ज्यादती र तानाशाही नेतृत्वलाई कति हेरेर बस्ने ? मैले अब गगन थापालाई अघि बढाउने हो ।
















