‘स्वास्थ्यमा सुधार आउन साथ स्वेदश फर्की आफ्नो जिम्मेवारी लिन्छु’ अध्यक्ष मल्ल
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले ३३ औ वार्षिक साधारण सभामा शुभकामना मन्तव्य पठाउँदै स्वास्थ्य उपचारका लागि केही समय लाग्ने भएकाले सभामा उपस्थित हुन नसकेको बताएकी छन् । उनले आज साधारण सभाको अवसरमा सयुक्त राज्य अमेरिकाबाट शुभकाना सन्देश पठाउदै तीन महिनादेखि पारिवारिक भेटघाट र स्वास्थ्य उपचारको लागि अमेरिकामा रहेको र साधारण सभा अगाडि नै स्वदेश फर्कने योजना रहेको भए पनि स्वास्थ्य उपचार नसकिएकाले सम्भव नभएको उल्लेख गरेकी छन् । उनले भनेकी छन,‘स्वेदश फर्केर साधारण सभाको तयारीमा यहाँहरु सबै जस्तै सक्रिय रुपमा सहभागी भई सभालाई सफलता पार्ने योजनाका साथ यहाँ आएकी थिइ । तर चाँडै फर्कने चाहना हुँदा हुँदै पनि स्वास्थ्यका कारणले केही सयम अझै स्वेदश फर्कन नसक्ने वाध्यता आइपरेको जानकारी गराउन चाहन्छु ।’ आफु २ दशकदेखि महासंघको कुनै पनि वार्षिक साधारण सभामा अनुपस्थित नभएको स्मरण गर्दै भन्दै अध्यक्ष मल्लले आफै अध्यक्ष भएको समयमा उपस्थित हुन नसक्दा पीडाबोध भएको उल्लेख गरेकी छिन् । सहकारी क्षेत्रको दायित्वप्रति आफु सचेत रहेको भन्दै अध्यक्ष मल्लले आफुप्रति माया, सदभाव र मार्गप्रदर्शन गराउने सम्पूर्ण सहकारी अभियानकर्मीहरुप्रति आभार व्यक्त गरेकी छिन् । उनले शुभकामना सन्देशमा भनेकी छन्‘मेरो मन मस्तिष्क नेपालमा नै छ, महासंघको गरिमामय साधारण सभाको अवसरमा वरिपरी नै रहेको अनुरोध गर्न चाहन्छु । मान्छेका इच्छा ,चाहना, भावना, जिम्मेवारी र दायित्व भन्दा महत्वपूर्ण स्वास्थ्य रहेछ भन्ने पनि यतिवेला महशुस भएको छ । आफुले नेतृत्व गरेको संस्थाको मुख्य जिम्मेवारीको रुपमा रहेको वार्षिक साधारण सभाममा उपस्थित हुन नपाउदा मर्माहत भएको छु ।’अध्यक्ष मल्लले आफु अमेरिका प्रस्थान गर्नु अघि वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेललाई विनियम अनुसार नै अध्यक्षले गर्दै आएका सम्पूर्ण कार्य गर्ने गरी अख्तियारी सहित कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जनाएकी छन् । उनले मुलुकको सहकारी अभियानको संगिन अवस्थामा उहाँले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् । स्वास्थ्यमा केही सुधार हुन साथ चाडै नै स्वेदश पर्किने र आफ्नो जिम्मेवारी लिने उनले बताएकी छन् ।
















