आयोगले सरकारलाई गरायो राति १२ बजेबाट आचारसंहिता लागु हुने जानकारी
काठमाडौं । निर्वाचन आयोगले आइतबार राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु हुने जानकारी गराएको छ । आइतबार आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको बैठकमा उक्त जानकारी गराएको हो । बैठक बालुवाटारमा बसेको हो । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा लागु हुने आचारसंहिता सार्वजनिक भइसकेको छ ।
















