कांग्रेसमा त्रिपक्षीय छलफल जारी, सहमतिमै टिकट वितरणको तयारी
काठमाडौं । नेपाली कांग्रेसमा अहिले त्रिपक्षीय छलफल चलिरहेको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाका पक्षधर नेताहरु निरन्तर छलफलमा रहेका छन् । कांग्रेस प्रवक्ता देवराज चालिसे, रमेश लेखक र डा. मीनेन्द्र रिजाल छलफलमा जुटेको देउवा निकट एक नेताले जानकारी दिए ।
सहमतिका आधारमा टिकटको टुंगो लगाउने तयारीस्वरुप छलफल चलिरहेको ती नेताले बताए । सभापति थापाले पनि सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै बेलुकासम्म टिकटको टुंगो लाग्ने बताएका छन् । उमेदवार छान्ने अन्तिम तयारीमा छौँ । भिन्न तरिकाले गर्नुपर्छ भन्ने प्रयास जारी छ, उनले भनेका छन्, तलैबाट छान्नुपर्छ भन्ने विधानमा व्यवस्था गरेका छौँ । कहीँ मिलाइएको छ कहीँ मिलाइएको छैन । निर्वाचन आयोगपछि पनि केही साथीहरु चित्त बुझेन भनेर कानुनी परीक्षणमा जानुभएको छ । तर हिजो साँझसम्म सहमतिको प्रयास रह्यो ।
















