आज सुनको मूल्य तोलाको दुई लाख ८२ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । सोमबार (माघ ५)मा छापावाल सुनको मूल्य तोलाको दुई लाख ८२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । महासंघका अनुसार, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेको छ । योसँगै एक तोला चाँदी किन्न पाँच हजार ८१० रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *