ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *