सर्वोच्चले रोकेन सभापति थापालाई, निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय रोक्नुपर्ने माग अस्वीकार गरेको छ । आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा डाकेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मंगलबार (माघ ६) अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई काम मार्गप्रशस्त भएको छ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध रहेको दाबीसहित रिट दायर भएको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई बैधता दिनेगरी निर्णय गरेपछि देउवा र खड्का सर्वोच्च पुगेका थिए । रिट निवेदकका कानुन व्यवसायीले बहसका क्रममा थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने जिकिर लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *