महावीर पुनले पनि दिए राजीनामा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका छन् । अरु ३ मन्त्रीले चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला उनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् । उनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन्। खनालले सामाजिक सञ्जालमार्फत् ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो, भनी लेखेका छन्। यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *