वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार कविर राणालाई उम्मेवार बनाएको छ। कांग्रेस संसदीय बोर्ड बैठकले राणालाई टिकट दिने निर्णय गरेको हो । राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक हुन्। नेपाल बिद्यार्थी संघबाट राजनीति शुरु गरेका र नेपाली कांग्रेसले गरेका हरेक आन्दोलनमा अग्र मोर्चामा रहेका राणाले पत्रकारितामार्फत सुशासन कायम राख्न अतुलनीय योगदान पु¥याउँदै आएका छन् । २०७९ को निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका दुर्लभ थापा विजयी भएका थिए। यसैगरी भक्तपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले अधिवक्ता किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *