हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २१ गते शेयरधनी दर्ता किताब बन्द (बूक क्लोज) गरिसकेको छ। यसर्थ पुस २० गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।
















