लक्ष्मी महिला साकोसले पनि पायो प्राधिकरणबाट इजाजतपत्र
काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले पनि इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नका लागि इजाजतपत्र प्राप्त गरेको हो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई सहकारी संस्था सञ्चालन इजाजतपत्र प्रदान गर्दै आएको छ ।
उक्त संस्थालाई पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता गरी सञ्चालन इजाजपत्र प्रदान गरेको हो । संस्थाको इजाजतपत्र नं. २०५६ -००३०७ रहेको छ । पनौती, बनेपा र धुलिखेल नगरपालिका कार्यक्षेत्र रहेको उक्त संस्थाले बचत ऋणको मुख्य कारोबार गर्दै आएको छ । संस्थाले समुदायका महिलाहरुलाई सदस्य बनाई बचत ऋणको कारोबार मार्फत् उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सवल बनाउँदै आएको छ । संस्था त्यस क्षेत्रक एक अब्बल संस्थाको रुपमा स्थापित भएको छ ।
















