जर्मन होम्स होटलको पहलमा भक्तपुरमा हाट बजार मेला हुँदै
काठमाडौं । गठ्ठाघरको जर्मन होम्स होटल र मध्यपुर थिमी नगरपालिकाबीच दीर्घकालीन व्यावसायिक सहकार्य गर्ने उद्देश्यका साथ हाट बजार मेला तथा परम्परागत वस्तु विनिमय कार्यक्रम आयोजना हुने भएको छ । जर्मन होम्स होटलको पहलमा आगामी शुक्रबार र शनिबार कार्यक्रम आयोजना हुन लागेको हो । मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नेछन् । आधुनिक तथा नयाँ व्यवसायीको प्रबर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जर्मन होम्स होटलका कार्यकारी निर्देशक राजन कार्कीले बताए ।
‘एकै ठाउँमा विभिन्न सांस्कृतिक तथा व्यावसायिक गतिविधिसहित उत्पादन प्रदर्शन तथा जानकारी प्रदान गरिनेछ’ उनले भने । जर्मन होम्स होटललाई भक्तपुर शहरको एक आकर्षक फुड एन्ड बेभरेज गन्तव्यको रूपमा प्रबर्द्धन गर्न खोजिएको उनले बताए । कार्यक्रममा उपभोक्ताका अलवा स्टल व्यवसायी, नयाँ व्यवसायी, नयाँ ब्रान्ड संचालक तथा आवासीय क्षेत्रका बासिन्दाको उपस्थिति रहनेछ । लाइभ संगीत, सडक तथा स्टिक फुडका स्टकल, बालबालिकाका खेलकुद, थ्रिफ्ट (सेकेन्ड ह्यान्ड) बजार, बार्टर (वस्तु विनिमय संलग्न) स्टलको प्रदर्शनीमा रहनेछन् ।
















