सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९२ हजार २०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८७० रुपैयाँ कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ९२० रुपैयाँ कायम भएको थियो । मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ८८० रुपैयाँ कायम भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ७८ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक तोला सुन दुई लाख ८२ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ८१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *