देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरू
काठमाडौं । अग्नि ग्रुपअन्तर्गत रहेको नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्स प्रा.लिले महिन्द्राका सवारीधनीहरूका लागि हरेक वर्ष आयोजना गर्दै आएको विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२’ सर्भिस उत्कृष्ट, गाडी चिटिक्क माघ ९ गतेदेखि औपचारिक रूपमा सुरू गरेको छ । यो केयरफेस्ट यही माघ ९ गतेदेखि १४ गतेसम्म अर्थात् सन् २०२६ जनवरी २३ देखि २८ तारिखसम्म सञ्चालन हुनेछ भने यस अवधिमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै शनिबार पनि सर्भिसिङ सेवा प्रदान गर्नेछ । यस क्याम्पको मुख्य उद्देश्य नै महिन्द्राका ग्राहकहरूलाई विश्वसनीय र आधिकारिक सर्भिसिङका साथै आकर्षक छुट तथा थप लाभहरू उपलब्ध गराउनु रहेको छ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा अवस्थित सुविधासम्पन्न बालाजु अटो वर्क्स सर्भिस सेन्टरमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच यस केयरफेस्टको उद्घाटन गरिएको हो । यो कार्यक्रम काठमाडौँमा मात्र सीमित नभई देशैभरका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपहरूमा एकैसाथ सञ्चालन भइरहेको छ । उक्त उद्घाटन समारोहमा अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, अग्नि ग्रुपका रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ, र महिन्द्रा एन्ड महिन्द्राको नेपाल, भारत तथा बङ्गलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकारको उपस्थिति रहेको थियो ।
साथै समारोहमा ग्राहकवर्ग र सञ्चारकर्मीहरूको समेत भव्य सहभागिता रहेको थियो । महिन्द्रा केयरफेस्टमा महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले जेन्युन स्पेयर पार्ट्स र अत्याधुनिक डायग्नोस्टिक उपकरणहरूको प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गर्नेछन् । केयरफेस्टको दौरान महिन्द्राका गाडीहरू सर्भिसिङ गर्न आउने ग्राहकहरूले निःशुल्क ४५-पोइन्ट चेकअप, निःशुल्क जनरल लेबर चार्ज र निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिसको सुविधा पाउनेछन् । त्यसैगरी, कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, जेन्युन एक्सेसरिजहरूमा ५० प्रतिशतसम्म छुट, ए।सी। चार्जिङमा २० प्रतिशत छुट तथा जेन्युन स्पेयर पार्ट्स र ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट प्रदान गरिनेछ । यी सुविधाहरूका अतिरिक्त हरेक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकको निम्ति निःशुल्क स्वास्थ्य जाँच, १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन र क्यासलेस इन्स्योरेन्स सेवा जस्ता लाभहरू समेत उपलब्ध गराइएको छ जसले ग्राहकको सर्भिस अनुभवलाई थप सहज र फाइदाजनक बनाउने विश्वास गरिएको छ । यस वर्षको केयरफेस्टको सबैभन्दा उत्साहजनक पक्षको रूपमा एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत बम्पर उपहारमा ‘बिगस सि-१२ इलेक्ट्रिक स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।
बालाजु अटो वर्क्सले यस्ता सर्भिस क्याम्पहरूमार्फत नेपाली ग्राहकसँगको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । कम्पनीले विगत धेरै वर्षदेखि नेपाली ग्राहकहरूलाई अन्तर्राष्ट्रिय ब्रान्ड अनुभवका साथ महिन्द्राको आधिकारिक र उत्कृष्ट सर्भिस प्रदान गर्दै आइरहेको छ । बालाजु अटो वर्क्सले समस्त महिन्द्रा सवारी धनी तथा चालकहरूलाई यस केयरफेस्टमा सहभागी भई सीमित अवधिको छुट लिन र आफ्नो गाडीलाई उत्कृष्ट बनाउन आह्वान गरेको छ । ग्राहकहरूले महिन्द्रा एमट्र्याक एपमार्फत सर्भिसको अग्रिम बुकिङ गर्न सक्नेछन् भने थप जानकारीका लागि टोल(फ्री नम्बर १८१०-५०००-२५५ (एनटिसी) वा ९८०-१५७-१२१२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । बालाजु अटो वर्क्स प्राइभेट लिमिटेड, अग्नि ग्रुपको सहायक कम्पनी तथा नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस केन्द्र हो । यस कम्पनीले देशभर रहेका ५३ भन्दा बढी शाखा तथा डिलरहरूमार्फत महिन्द्राका सवारीसाधनहरूका लागि गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स तथा एक्सेसरिजहरू उपलब्ध गराउँदै आइरहेको छ ।
















