रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस( देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार लामिछानेको स्वास्थ्यावस्थामा सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *