आज शहीद दिवस, शहीदप्रति श्रद्धा अर्पण गरी मनाइँदै

काठमाडौं । देश र जनताका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा देश र जनताका लागि अग्रगामी परिवर्तका लागि भएका विभिन्न आन्दोलन, संघर्ष आदिमा मृत्युवरण गरेका वीर शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै देशभर शहीद दिवस मनाइने गरिन्छ। विक्रम् सम्वत २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदका सम्झनामा शहीद दिवस मनाउन थालिएको हो। विक्रम् सम्वत १९९७ मा तत्कालीन शासकले शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा खरीको रूखमा झुन्ड्याएर, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा झुन्ड्याएर, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली ठोकी मृत्युदण्ड दिएको थियो। नेपालको पहिले शहीद भने लखन थापालाई मानिन्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *