कांग्रेसको चुनावी घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको छ : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले सबैले अपनत्व लिने गरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् । घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको उनले उल्लेख गरे । उनले त्यसनिम्ति विज्ञसँग सुझाव लिइएको र नागरिकका आवाज पनि संकलन गरिएको बताए । घोषणापत्र सबैको वर्नरसिप स्थापित होस् भन्ने हिसाबले तयार पारिरहेका छौँ ।

मेरो होस् भनेर अपनत्व गरून् । त्यसका लागि विज्ञहरूसँग सुझाव लिएका छौँ, नागरिकसँग छलफल गरेका छौँ ।डेमोक्रेटिक हिसाबले दस्ताबेज बनाएका छौँ । केही समय लागेको हो । कांग्रेसको घोषणापत्र सानो, छोटो हुने उनले जानकारी दिए । चुनावी घोषणा सबैले सहज रूपमा बुझ्न सक्ने हुने र केही दिनपछि नै सार्वजनकि गरिने उनले बताए । यो छोटो बन्छ । भिजन के भन्ने कुरा हो । सानो हुन्छ । छोटो, मिठो र बुझ्ने घोषणापत्र बनाउनेछौँ । केही दिनपछि नै प्रतीक्षारत घोषणापत्र सार्वजनिक गर्छौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *