सिद्धार्थ बैंक “Awards for Corporate Excellence 2025” बाट सम्मानित

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड विश्वव्यापी लेखा तथा फाइनान्स क्षेत्रमा बाहिरी स्रोतसम्बन्धी उत्कृष्ट अभ्यास र संस्थागत कार्यसम्पादनका आधारमा “Awards for Corporate Excellence 2025 – Commercial Banking Category” अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालि (The HRM) द्वारा वार्षिक रूपमा आयोजना हुँदै आएको उक्त अवार्ड समारोहमा बैंकलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो । माघ १६ गते सम्पन्न अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले बैंकको तर्फबाट उक्त अवार्ड ग्रहण गरेका थिए ।

मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा समग्र कार्यसम्पादनमा बैंकले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप बैंकलाई यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । यस अवार्डले सिद्धार्थ बैंकको कर्पोरेट गभर्नेन्स, पेशागत व्यवस्थापन र सेवा गुणस्तरप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकको विश्वास छ । उपाधिले ग्राहक–केन्द्रित सेवा प्रवाहलाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै लैजान बैंकलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । अवसरका क्रममा बैंकले निरन्तर साथ, विश्वास र सहयोग प्रदान गर्ने आफ्ना ग्राहक, सरोकारवाला निकाय तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *